+
+
Shares

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते ९:४३

११ साउन, दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ । उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिए ।

८० वर्षीय बस्नेत लामो समयदेखि मिर्गाैला रोगबाट पीडित थिए । दाङको कम्युनिष्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गरेका थिए । उनको निधनले दाङको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको आचार्यले बताए ।

नेता बस्नेतको शव अहिले श्रद्धाजलीका लागि तुलसीपुरस्थित एमालेको पार्टी कार्यालयमा राखिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिए । उनको आज नै शीत्तलपुरस्थित बबई नदीको घाटमा अन्त्यष्टि गरिने बताएको छ ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?