+
+
Shares

छायांकन फुटेज टिकटकमा हाल्ने स्पटब्वायविरुद्ध ‘महाराजधिराज’ ले हाल्यो ५१ लाख क्षतिपूर्तिको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'महाराजधिराज'का निर्माताले छायांकनको गोप्य भिडियो टिकटकमा सार्वजनिक गरेको आरोपमा प्राविधिक मनोज अधिकारीविरुद्ध ५१ लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन् ।
  • जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐनको दफा ४८ को उपदफा (१) बमोजिम गोपनीयता भङ्ग गरेको कसुरमा अधिकारीविरुद्ध अभियोग पत्र दायर गरेको छ ।
  • घटनाको अनुसन्धान नेपाल प्रहरीको साइबर ब्यूरोले गरिरहेको छ र दोषी ठहरिएमा दुई वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।

काठमाडौं । छायांकनको गोप्य भिडियो मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनियता भङ्ग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’का निर्माताले प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर गरेका छन् ।

उक्त कार्यबाट ६ दिनको छायांकन खेर गएको दाबी गर्दै ती निर्माताले प्रतिवादीबाट ५१ लाख रुपैयाँ क्षतिपूर्ति पनि मागेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नुवाकोट घर भएका सुदीप भनेर चिनिने २७ वर्षिय प्राविधिक मनोज अधिकारीविरुद्ध अभियोग पत्र दायर गरेको छ ।

फिल्मका तर्फबाट नेत्रबहादुर विष्टले अधिकारीविरुद्ध किटानी जाहेरी दिएका हुन् । नेपाल प्रहरीको साइबर ब्यूरोले यो घटनामा अनुसन्धान गरिरहेको छ ।

जेठ ३ र ४ गते अधिकारीले स्पटब्यायको रुपमा उक्त फिल्मको छायांकनमा काम गरेको जनाइएको छ । चेतावनी पाएको १० मिनेटभित्रै अधिकारीले टिकटकबाट ती भिडियो भने हटाइसकेका छन् ।

प्रतिवादीलाई विद्युतीय कारोबार ऐन, २०८३ को दफा ४८ को उपदफा (१) बमोजिम गोपनीयता भङ्गको कसुरमा सजाय माग गरिएको छ । यो दफा अनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?