News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'महाराजधिराज'को छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु भएको छ र एक हप्तासम्म त्यहाँ चल्नेछ।
- फिल्मको बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक स्थानमा हुनेछ र कुल ७० दिनसम्म चल्ने तालिका छ।
- निर्देशक परिच्छेद सेनले निर्देशन गरेको पिरियडिक ड्रामा फिल्म आगामी फूलपातीमा प्रदर्शन हुने जनाइएको छ।
काठमाडौं । फिल्म ‘महाराजधिराज’को छायांकन सुनसरीबाट सुरु भएको छ । त्यहाँको श्रीलंका टापुबाट सुरु भएको छायांकन उक्त स्थानमा एक हप्तासम्म चल्नेछ ।
बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानमा हुनेछ । सम्पूर्ण छायांकन भने ७० दिनसम्म चल्ने तालिका छ ।
परिच्छेद सेनले निर्देशन गरिरहेको फिल्मलाई नवराज थापाले खिचिरहेका छन् । फिल्मलाई पिरियडिक ड्रामा बताइएको छ ।
फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी, सुशील सिटौलाको अभिनय छ ।
हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय हुनेछ ।
प्रस्तुतकर्ता विराज विष्ट हुन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा निर्देशक सेन स्वयंको पटकथा लेखन छ ।
निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । फिल्मको प्रदर्शन आगामी फूलपातीमा हुने जनाइएको छ ।
प्रतिक्रिया 4