+
+
Shares

कोशी प्रहरी प्रमुखमा डीआईजी खनाललाई पठाइयो

सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गएका बेला कोशीको डीआईजीको रुपमा विनोद घिमिरे थिए । घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर खनाललाई त्यहाँ पठाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी घटनापछि गृह मन्त्रालयले कोशी प्रदेशको प्रहरी प्रमुखमा डीआईजी शेखर खनाललाई सरुवा गरेको छ ।
  • सुनसरीको देवानगञ्जमा भएको झडपमा एक जनाको निधन हुनुका साथै २४ जना घाइते भएका छन् ।
  • घटनाको छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिले एक साताभित्र प्रतिवेदन बुझाउने छ ।

११ साउन, काठमाडौं । सुनसरी घटनापछि कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा डीआईजी शेखर खनाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका खनाललाई कोशी प्रदेशको डीआईजीको रुपमा गृह मन्त्रालयले सरुवा गरेको हो ।

सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गएका बेला कोशीको डीआईजीको रुपमा विनोद घिमिरे थिए । घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर खनाललाई त्यहाँ पठाइएको हो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो।

घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए । घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?