+
+
Shares

सिरहामा प्रहरीले गोली चलाएर समात्यो दुई भारतीय लागुऔषध कारोबारी

सुरेश राय सुरेश राय
२०८३ असार ७ गते २१:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहा प्रहरीले सीमा क्षेत्रमा गोली चलाएर दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
  • पक्राउ परेकाहरूको साथबाट १०१ ग्राम ब्राउन सुगर बरामद गरिएको छ भने झडपमा एक प्रहरी र एक कारोबारी घाइते भएका छन् ।
  • मुख्य सप्लायर रञ्जित कुमार पासवान लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

७ असार, सिरहा । सिरहा प्रहरीले गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने क्रममा एक जना कारोबारी घाइते भएका छन् । त्यस्तै, ढुंगामुढा भएपछि प्रहरी जवान हृदयनारायण ठाकुर पनि घाइते भएका छन् ।

उनीहरू दुवैको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी वासुदेव पाठकका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्ला, पौदमाहा ग्रामपञ्चायत–२ जोगिया निवासी छोटु भन्ने रञ्जित कुमार पासवान र अर्का १६ वर्षीय भारतीय बालक रहेका छन् ।

उनीहरूको साथबाट प्लास्टिकसहित १०१ ग्राम ६ मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरहा नगरपालिका–२१ लगडीगोठस्थित भारतीय सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । त्यसक्रममा चारदेखि पाँच जनाको समूहमा रहेका कारोबारीहरूले प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए ।

सुरुमा हवाइ फायर गरिएको र त्यसपछि भाग्न खोजेपछि घुँडामुनि गोली प्रहार गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार रञ्जित कुमार पासवान नेपाली लागूऔषध कारोबारीहरूलाई ब्राउन सुगर आपूर्ति गर्ने मुख्य भारतीय सप्लायरमध्ये एक हुन् ।

उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति भएको पनि एसपी पाठकले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?