+
+
Shares

अवैध गतिविधि हुने भन्दै कालो सिसाका सवारीमाथि ट्राफिकको कडाइ

निजी तथा सार्वजनिक सवारीमा कालो सिसाको प्रयोग गर्ने र त्यसपछि स–साना हतियारको ओसारपसार, लागुऔषध ओसारपसार तथा सेवन हुने गरेको भन्दै उपत्यका ट्राफिक प्रहरीले कालो सिसाका सवारीमाथि कडाइ गर्दै हटाउने अभियान सुरु गरेका हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपत्यका ट्राफिक प्रहरीले अवैध गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले सवारी साधनमा राखिएको कालो सिसा हटाउने विशेष अभियान सुरु गरेका छन् ।
  • अवैध हतियार, लागुऔषध तथा सुन ओसारपसारमा कालो सिसाको प्रयोग भएको पाइएपछि ट्राफिक प्रहरीले यस्तो कदम चालेको हो ।
  • सवारी तथा यातायात ऐन २०४९ उल्लंघन गर्दै आफूखुसी कालो सिसा राख्ने ३७ वटा सवारी साधनलाई कारबाही गरिसकिएको एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

१४ असार, काठमाडौं । अवैध गतिविधि हुने भन्दै कालो सिसाका लगाइएका सवारीमाथि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ ।

निजी तथा सार्वजनिक सवारीमा कालो सिसाको प्रयोग गर्ने र त्यसपछि स–साना हतियारको ओसारपसार, लागुऔषध ओसारपसार तथा सेवन हुने गरेको भन्दै उपत्यका ट्राफिक प्रहरीले कालो सिसाका सवारीमाथि कडाइ गर्दै हटाउने अभियान सुरु गरेका हो ।

कतिसम्म भने सुन ओसार पसारका घटनादेखि अपराधी फरार हुन समेत कालो सिसाकासवारी प्रयोग भएको पाइएको ट्राफिक प्रहरीले बताएको छ ।

सवारी तथा यातायात ऐन २०४९ को दफा ३९ अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गर्न नहुने उल्लेख गरेको छ ।

यसरी आफूखुसी कालो सिसा राख्ने ३७ वटा सवारीलाई कारबाही समेत गरिसकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेशराज सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?