+
+
Shares

१० हजार रुपैयाँ घुस लिएको आरोपमा वडा सचिव पक्राउ

अख्तियारका अनुसार साहले सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सोही सूचनाको आधारमा आयोगको टली खटिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको गौरीगञ्ज गाउँपालिका-१ का वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई एक स्थानीय होटलबाट नियन्त्रणमा लिएको हो ।
  • साहले सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र जारी गर्ने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप लगाइएको छ ।

११ साउन, काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका-१ का वडा सचिव अजयकुमार साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा साहलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार साहले सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सोही सूचनाको आधारमा आयोगको टली खटिएको थियो ।

सोही वडामा रहेको एक स्थानीय होटलबाट साहलाई उक्त घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?