+
+
Shares

काठमाडौंको गोकर्णेश्वरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते ६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गोकर्णेश्वरमा स्कुटर अनियन्त्रित भई पोलमा ठोक्किँदा सोलुखुम्बुका २९ वर्षीय निमादोर्जी शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ ।
  • ललितपुरको चापागाउँमा भएको छुट्टै गाडी दुर्घटनामा एक चालकको मृत्यु भएको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
  • गत २४ घण्टामा काठमाडौं उपत्यकामा नौवटा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

१२ साउन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका २९ वर्षीय निमादोर्जी शेर्पा रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंले जनाएको छ ।

गएराति पौने १२ बजे स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । उनको नेपाल मेकिडल कलेज अत्तरखेलमा उपचारको क्रममा राति पौने १ बजे मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए ।

यसैगरी ललितपुरको चापागाउँमा एक गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ वटा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?