+
+
Shares

एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा रौतहटका अतुल कुमार मिश्र र बाराका अब्दुल सानी हाकिम रहेका छन् ।
  • यस प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको र उनीहरूमाथि शिक्षा ऐन अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

१२ साउन, काठमाडौं । एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ । एमबीएसको प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?