+
+
Shares

मनाइँदै गुरुपूर्णिमा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै छ ।
  • वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिन्छ ।
  • शिक्षा प्रदान गर्ने गुरुलाई सम्मान गर्दै शिष्यहरूले आज विशेष श्रद्धाभाव प्रकट गरेका छन् ।

१३ साउन, काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइन्छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिएको छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजन खुवाउनुका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।

गुरुपूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघ–संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरिन्छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?