+
+
Shares

अनलाइन सट्टेबाजीमा १३ जना पक्राउ, साढे ५ हजार बैंक खाता रोक्का

उनीहरूले २ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले बताएको छ । अनुसन्धानपछि सट्टेबाजी खेल्न, खेलाउन प्रयाग भएका ५ हजार ६७० बैंक खाताहरू रोक्का गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइन सट्टेबाजी गराएको आरोपमा काठमाडौं प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ परेकाहरूले २ अर्ब रुपैयाँ बराबरको अवैध कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।
  • प्रहरीले सट्टेबाजीमा प्रयोग भएका ५ हजार ६७० वटा बैंक खाता रोक्का गरेको जानकारी दिएको छ ।

१३ साउन, काठमाडौं । अनलाइन सट्टेबाजी गराएको आरोपमा १३ जना पक्राउ परेका छन् ।  जसमा चार जना सञ्चालक र ९ जना खेल्ने तथा प्रचार प्रसार गर्ने रहेका छन् ।

पक्राउ परेका चार संञ्चालकहरुमा कालिकोटका टेकेन्द्रबहादुर शाही,  बर्दियाका विश्व रेग्मी, बर्दियाकै अजय महतरा र आदित्य वाल्मिकी छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

उनीहरूले २ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले बताएको छ । अनुसन्धानपछि सट्टेबाजी खेल्न, खेलाउन प्रयाग भएका ५ हजार ६७० बैंक खाताहरू रोक्का गरिएको छ । यो घटनमा २ जना मलेसियन नागरिकहरू फरार रहेका छन् ।

८ चिनियाँ नागरिकले पनि कल सेन्टरको नाममा यस्तै धन्दा गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहररुमाथि सट्टेबाजीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?