News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले आत्महत्या र आत्मदाहका घटना, समाचार वा जानकारी कुनै पनि माध्यमबाट सेयर नगर्न आफ्ना सदस्यहरूलाई अनुरोध गरेको छ।
- पार्टीको केन्द्रीय समिति बैठकले यस्ता संवेदनशील घटनाको प्रवर्द्धन वा प्रोत्साहन नगर्न सबै तहका नेता तथा कार्यकर्तालाई विशेष ध्यानाकर्षण गराएको छ।
- नेता कबिन्द्र बुर्लाकोटीका अनुसार यस्ता सामग्रीले नकारात्मक प्रभाव पार्ने भन्दै पार्टीले यस्तो निर्णय गरेको हो।
१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आत्महत्या र आत्मदाहका घटना, समाचार वा जानकारी सेयर नगर्न अनुरोध गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस्ता घटनाको प्रवर्द्धन वा प्रोत्साहन नगर्न विशेष ध्यानाकर्षण गराएको रास्वपा नेता कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार, आफ्ना केन्द्रीय सदस्य, सबै तहका पदाधिकारी, प्रतिनिधि, नेतृत्व र आम सदस्यहरूलाई आत्महत्या र आत्मदाहका घटनाका समाचार वा जानकारी सेयर नगर्न अनुरोध गरिएको हो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्य, सबै तहका पदाधिकारी, प्रतिनिधि, नेतृत्व र आम सदस्यहरूलाई आत्महत्या र आत्मदाहका घटना, समाचार वा जानकारीहरू सेयर नगर्न अनुरोध गरेको छ,’ बुर्लाकोटीले भनेका छन्, ‘केन्द्रीय समितिको बैठकले यस्ता घटनाको प्रवर्द्धन वा प्रोत्साहन कुनै पनि रूपमा नगर्न विशेष ध्यानाकर्षण गराएको छ ।’
प्रतिक्रिया 4