+
+
Shares

घुससहित ललितपुरको भूमि प्रशासन कार्यालयका ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते ९:२७

१६ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, ललितपुरका तीन नासु सहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन लाख रुपैयाँ बरामद भएको छ ।

अख्तियारले गएराती ललितपुर मालपोतका नासुहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो । उनीहरुसँगै लेखापढी व्यवसायीहरु शैलेन्द्र रानामगर र समिर कटवाल समेत पक्राउ परेका छन् ।

जग्गाको बकसपत्र गराउने काममा दु:ख र हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । अख्तियारले उनीहरुसँग घुस बाहेक स्रोत नखुलेको २५ हजार रुपैयाँ पनि बरामद भएको जनाएको छ । उनीहरु एक होटलबाट पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?