१६ साउन, सिरहा । सिरहामा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारले आजै दाहसंस्कार गर्ने तयारी थालेको छ ।
औरही गाउँपालिका–२ तुलसियाहीका रामवृक्ष यादवका १५ वर्षीय छोरा गणेशको सिरहालको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो ।
गृहमन्त्री सुधन गुरुङसँग सहमति भएपछि परिवारले गणेशको आजै दाहसंसकारको तयारी गरेका हुन् । उनको शव आजै गाउँ ल्याइने जानकारी परिवारले पाएका छन् । उक्त खबर प्राप्त भएपछि परिवारजन, आफन्त तथा स्थानीयवासी शवको प्रतीक्षामा बसेका छन् ।

गणेशको घरअगाडि अहिले ठूलो संख्यामा स्थानीयवासी, आफन्त तथा शुभेच्छुकहरूको भीड लागेको छ ।
परिवारका अनुसार शव गाउँ पुगेपछि अन्तिम श्रद्धाञ्जलीका लागि तुलसियाहीस्थित बाबा कुटीमा केही समय राखिनेछ ।
त्यसपछि गागन खोलाको किनारमा उनको अन्त्येष्टि (दाहसंस्कार) गर्ने तयारी गरिएको छ ।





तस्वीरहरू : सुरेश राय/अनलाइनखबर
प्रतिक्रिया 4