+
+
Shares

गैंडा मारेर जेल, जेनजी आन्दोलनमा फरार, अहिले बन्दुकसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको राप्ती नगरपालिका–११ का ४५ वर्षीय आइतसिंह लामालाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको छ।
  • लामा गैंडा मारेको कसुरमा १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएका व्यक्ति हुन्।
  • इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उनको घरबाट भरुवा बन्दुक बरामद गरेको प्रहरीले बताएको छ।

१७ साउन, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी बन्दुकसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामा छन् । उनलाई इलाका प्रहरी कार्यालय भण्डारा, चितवनबाट खटिएको टोली बन्दुकसहित पक्राउ गरेको हो ।

उनी एक सिंगे गैंडा मारको कसुरमा १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएका व्यक्ति हुन् । उनको घरबाट भरुवा बन्दुक समेत बरामद भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?