+
+
Shares

धनुषामा भोलि बिहान ५ बजेदेखि निषेधाज्ञा हट्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १९:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषामा लगाइएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हट्ने निर्णय जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
  • आन्दोलनका कार्यक्रम फिर्ता लिइएपछि सुरक्षा अवस्था र जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएकाले निषेधाज्ञा हटाइएको सूचनामा उल्लेख छ ।
  • जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको विश्लेषण गर्दै निषेधाज्ञा फिर्ता लिने निर्णय गरेको हो ।

१७ साउन, काठमाडौं । धनुषामा लगाइएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हट्ने भएको छ ।

शनिबार बिहान १० बजेदेखि जारी गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार साँझ सूचनामार्फत जानकारी गराएको छ ।

आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र सुरक्षा अवस्था तथा जनजीवनन सामान्यीकरण तर्फ उन्मुख भएकोले पछिल्लो सुरक्षा अवस्थालाई विश्लेषण गरी निषेधाज्ञा हटाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?