News Summary
Generated by OK AI. Editorially reviewed.- दयाहाङ राई र गौमाया गुरुङ अभिनित फिल्म 'पेन्सन पट्टा'को टिजर सार्वजनिक भएको छ ।
- माओत्से गुरुङ निर्देशित यस फिल्ममा लाहुरे समाज र पारिवारिक सम्बन्धको कथा समेटिएको छ ।
- आउँदो २६ भदौदेखि प्रदर्शन हुने फिल्मले दिवंगत बाबुको पेन्सन पट्टामा देखिएको रहस्यमय नामको सकसलाई मुख्य कथा बनाएको छ ।
काठमाडौं । दयाहाङ राई, गौमाया गुरुङको शीर्ष भूमिका रहेको फिल्म ‘पेन्सन पट्टा’को टिजर युट्युबमा सार्वजनिक भएको छ । माओत्से गुरुङ निर्देशित यो फिल्म २६ भदौदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।
टिजरले कथावस्तु, चरित्र चित्रण लगायतका कुरालाई संक्षिप्तरुपमा प्रकाश पार्छ । लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय मर्मको कथा फिल्ममा बुनिएको छ ।
फिल्ममा विल्सनविक्रम राइृ, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुस्कर गुरुङ, सुनील थापा, लुनिभा तुलाधर, सुरज तमु, राज काउचा मगर, यासिली योख्खा, डीबी गुरुङ, प्रतिक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, कुबिना गुरुङको पनि अभिनय छ ।
लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रको भावना तथा सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ । टिजरले दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको नभई कहिल्यै नसुनेको र थाहा नपाइएकी बाबुको पहिलो पत्नीको नाममा भएको र उनको नाम थाहा नहुँदा परेको सकसको सेरोफेरोमा फिल्मले कथा प्रस्तुत गर्ने देखाएको छ ।
यो फिल्म माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
प्रतिक्रिया 4