News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण भारतीय अभिनेता यशको मुख्य भूमिका रहेको बहुप्रतीक्षित ग्याङस्टर एक्सन थ्रिलर फिल्म ‘टक्सिक’ को ट्रेलर सार्वजनिक भएको छ।
- गीतु मोहनदास निर्देशित यस फिल्ममा यशले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् भने कथा अपराध र सत्ताको सेरोफेरोमा आधारित छ।
- यो फिल्म आगामी भदौ १० गतेदेखि प्रदर्शनमा आउने पक्का भएको छ जसमा नयनतारा, कियारा आडवाणी र हुमा कुरैशी लगायतका कलाकारको अभिनय छ।
दक्षिण भारतीय अभिनेता यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ को ट्रेलर सार्वजनिक भएको छ । बेंगलुरुमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा यश दोहोरो भूमिकामा देखिनेछन् ।
यशले फिल्ममा राया र रुमीको भूमिका निर्वाह गरेका छन् । यी दुवै पात्रलाई फरक र रहस्यमय देखाइएको छ ।
गीतु मोहनदास निर्देशित यो फिल्म ग्याङस्टर एक्सन थ्रिलर फिल्म हो, जसको कथा पुरानो समयको परिवेशमा आधारित छ । फिल्मले अपराध, सत्ता र त्यस संसारमा काम गर्ने मानिसको कथा प्रस्तुत गर्छ ।
खबरअनुसार, फिलममा यशले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् । सार्वजनिक ट्रेलर अपेक्षा गरिएभन्दा बढी भयावह र डार्क शैलीको देखिन्छ ।
ट्रेलरको सुरुवात एउटा सानो बच्चा र यशको पात्र रायाबाट हुन्छ । दुवै घाइते छन् र वर्षामा भिजिरहेका देखिन्छन् । बच्चा रुँदै माफी माग्छ र भन्छ, ‘म तपाईंले भनेको मान्छु, रिसाउनु हुँदैन । म वाचा गर्छु ।’
त्यसपछि यश ठूलो स्वरमा चिच्याउँछन् र गोली चलेको आवाज सुनिन्छ । तर गोली कसले चलायो भन्ने खुलाइएको छैन । त्यसपछिको दृश्यमा त्यही बच्चालाई अनुहारमा जोकरजस्तो मेकअप लगाएको अवस्थामा सलाखभित्र देखाइन्छ ।
त्यसपछि सर्कसमा काम गर्ने कियाराको प्रवेश हुन्छ । उनी रुँदै स्टेजमा आउँछिन् । पृष्ठभूमिमा आवाज सुनिन्छ, ‘अनुहारमा नकाब लगाएर आफ्नो दुःख लुकाउन सक्छौ, तर भाग्यमा लेखिएको बर्बादीलाई होइन ।’
त्यसपछि कियारासँग एक बच्चा देखिन्छ, जसले भन्छ, ‘म तपाईंलाई छाडेर जानेछैन, आमा ।’ त्यसपछि कियारा चिच्याउँदै भन्छिन्, ‘उनीहरू मलाई घृणा गर्छन् ।’ ट्रेलरमा उनको पीडा र भावनात्मक अवस्थालाई तीव्र रूपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र अक्षय ओबेरोयको पनि झलक देखाइएको छ । उनीहरूका पात्रमा विभिन्न रहस्य र मोड रहेको संकेत ट्रेलरले गर्छ । यद्यपि उनीहरूको भूमिकाबारे विस्तृत जानकारी दिइएको छैन ।
यशका पात्रका पनि फरक-फरक रूप ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरले कथा वा अन्तिम मोडबारे स्पष्ट संकेत दिएको छैन ।
कथा गीतु मोहनदास र यशले संयुक्त रूपमा लेखेका हुन् । फिल्ममा यशसँगै नयनतारा, कियारा आडवाणी, रुक्मिणी वसन्त, तारा सुतारिया र हुमा कुरैशीको अभिनय छ । अक्षय ओबेरोय, सुदेव नायर र अमित तिवारी पनि फिल्ममा देखिनेछन् ।
‘टक्सिक’ अगस्ट २६ (भदौ १० गते बुधबार) देखि सिनेमा हलमा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया 4