+
+
Shares

आफ्ना सांसदहरूको हाजिरी केलाउँदै रास्वपा

संसद् बैठकमा सुरुमा उपस्थित भएपनि बीचमा छोडेर जाने क्रम बाक्लिँदै गएको र यसबाट संसद्को गरिमा कमजोर हुँदैजाने देखिएकाले हाजिरी विश्लेषण गर्न लागिएको रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा सांसदहरूको कमजोर उपस्थितिबारे विश्लेषण गर्न अध्ययन समिति गठन गरेको छ ।
  • मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले संसद्को गरिमा जोगाउन हाजिरी विवरण संकलन गरी अध्ययन गर्न लागिएको जानकारी दिए ।
  • सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सात दिनभित्र विस्तृत प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

२४ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा)ले संसदको हाजिरी विश्लेषण प्रतिवेदन तयार गर्दैछ ।

पछिल्लो समय संसद्मा सांसदहरूको अपेक्षित उपस्थिति नभएको भनेर रास्वपाले अध्ययन गर्न लागेको हो ।

संसद् बैठकमा सुरुमा उपस्थित भएपनि बीचमा छोडेर जाने क्रम बाक्लिँदै गएको र यसबाट संसद्को गरिमा कमजोर हुँदैजाने देखिएकाले हाजिरी विश्लेषण गर्न लागिएको रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार बैठकको हाजिरी संसद् सचिवालयबाट झिकाएर विश्लेषण गरी ७ दिनभित्र प्रतिवेदन दिन संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ ।

प्रतिनिधिसभाको अघिल्लो अधिवेशन र चालु अधिवेशनको असार मसान्तसम्मको सांसदको हाजिरीका विषयमा अनलाइनखबरले संघीय संसद् सचिवालयसँग सूचनाको हक प्रयोग गरेर विवरण मागेको थियो । त्यसको समाचार सामग्री यसअघि सम्पेषण भइसकेको छ ।

जसमा शीर्ष नेताहरूकै उपस्थिति कमजोर देखाएको थियो । शतप्रतिशत संसद्मा जाने सांसद पनि थोरै मात्र देखिएका थिए ।

साथै, एकै दिन संसद्मा दुई–तीन वटा बैठक बस्दा क्रमश: सांसदको हाजिरी कम हुँदैगएको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?