+
+
Shares

प्रतिनिधिसभा बैठक : २ मन्त्रीले जवाफ दिने, ४ विधेयक प्रस्तुत हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते ५:३४

२५ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा दुई मन्त्रीहरुले मौखिक प्रश्नका उत्तर दिने सम्भावित कार्यसूची छ ।

परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यसैगरी व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक २०८३’ प्रस्तुत गर्ने छन् ।

युवा श्रम तथा रोजगारी मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३’ प्रस्तुत गर्नेछिन् ।

मन्त्री गौतमले नै ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ ।

‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमबाटै प्रस्तुत हुने छ ।

यस्तै ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमले नै प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?