+
+
Shares

‘लाटोसाथी’ को छैटौँ स्मृति दिवसमा साहित्यिक विमर्श

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रा. डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’ को छैटौँ स्मृति दिवसका अवसरमा राजधानीमा नेपाली उपन्यासको ऐतिहासिक तथा पौराणिक आयाममाथि विचार-विमर्श गरिएको छ।
  • प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा वक्ताका रूपमा डा. रजनी ढकाल र डा. अलका आत्रेय चूडालले नेपाली उपन्यासको विगतदेखि वर्तमानसम्मको समीक्षात्मक विश्लेषण प्रस्तुत गरे ।
  • कार्यक्रमको सहजीकरण सेवा भट्टराईले गरेकी थिइन् भने मञ्चका सम्पूर्ण वक्ताहरू महिला मात्र रहेका थिए।

२४ साउन, काठमाडौं । प्रा. डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’ को छैटौँ स्मृति दिवसको अवसर पारेर राजधानीमा नेपाली साहित्यका विविध आयाममाथि विचार-विमर्श गरिएको छ।

प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानको आयोजनामा ‘नेपाली उपन्यासमा ऐतिहासिक र पौराणिक विमर्श’ कार्यक्रममा समसामयिक उपन्यासका विषयवस्तु, उपन्यासकारको सफलताका आधार तथा नेपाली साहित्यमा पौराणिक र ऐतिहासिक उपन्यासको लेखन परम्परा र प्रकृतिका विषयमा विस्तृत छलफल गरिएको थियो।

विमर्श कार्यक्रमको प्रमुख आकर्षण मञ्चमा रहेका सम्पूर्ण सदस्यहरू महिला थिए । कार्यक्रमको सहजीकरण सेवा भट्टराईले गरेकी थिइन् भने वक्ताका रूपमा डा. रजनी ढकाल र डा. अलका आत्रेय चूडाल उपस्थित थिए।

उनीहरूले नेपाली उपन्यासको विगतदेखि वर्तमानसम्मका गतिविधिहरूको समीक्षात्मक विश्लेषण प्रस्तुत गर्नुका साथै प्रा. डा. आत्रेयका उपन्यासहरूमा पाइने ऐतिहासिक र पौराणिक पक्षबारे विस्तृत चर्चा गरेका थिए।

प्यानल छलफलपश्चात् उपस्थित साहित्यानुरागीहरूसँग अन्तरक्रिया तथा प्रश्नोत्तर कार्यक्रम पनि राखिएको थियो। यो सत्रमा खगेश्वर गौतम, विष्णुप्रसाद भण्डारी, सिर्जना ज्ञवाली, मदनराज थापा, डा. भागवत ढकाल, सुभाषचन्द्र पोखरेल, कोषराज न्यौपाने लगायत सहभागी थिए ।

प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकार, प्राज्ञिक व्यक्तित्व एवं साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?