News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँको गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ ।
- सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा थप ढल प्रशोधन केन्द्र निर्माण कार्य भइरहेको केन्द्र प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
- ढल र वर्षाको पानी छुट्टाछुट्टै पाइपबाट प्रवाह गर्न स्थानीय तहसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।
२५ साउन, काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ ।
केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ । सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी छ ।
काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उहाँ बताउनुहुन्छ ।
प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै उनले त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।
बालुवा, इँटा, मरेका जनावरलगायत फोहर प्रशोधन गर्न कठिन हुने गरेको छ । ढलको फोहर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा उक्त समस्या भएको उनको भनाइ छ । रासस
प्रतिक्रिया 4