News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरूसँग छलफल गर्दै छन्।
- उहाँले बजेट कार्यान्वयनका विषयमा कम्पनीहरूलाई लगानी विस्तार, रोजगारी सिर्जना र समस्याका बारेमा लिखित विवरण पेश गर्न आग्रह गर्नेछन्।
- यसअघि अर्थमन्त्री डा. वाग्लेले औद्योगिक घराना र वाणिज्य बैङ्कका प्रमुखहरूसँग पनि बजेट कार्यान्वयनका लागि छलफल गरिसकेका छन्।
२५ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरूसँग छलफल गर्दै छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।
छलफलमा ती कम्पनीका उच्च पदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ । छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्ने छन् ।
यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन्। यस्तै, उनले नेपालका ’क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् ।
प्रतिक्रिया 4