News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको टीकाथलीबाट पक्राउ परेका कञ्चनपुरका पुष्पेश भाट हाल मालिगाउँ प्रहरी वृतको सम्पर्कमा आएका छन्।
- प्रहरीले विशेष ब्युरोमार्फत उनलाई पक्राउ गरिएको पुष्टि गरे पनि अनुसन्धानको विषय भने खुलाएको छैन।
- डीएसपी धनबहादुर बोहोराका अनुसार पुष्पेशका परिवारका सदस्यहरूले आज मालिगाउँ प्रहरी वृत पुगेर उनलाई भेटेका छन्।
काठमाडौं । ललितपुरको टीकाथलीबाट गत शनिबार उठाइएका कञ्चनपुरका पुष्पेश भाट परिवारको सम्पर्कमा आएका छन् । लगभग २४ घन्टापछि काठमाडौंस्थित मालिगाउँ प्रहरी वृतले उनका परिवारलाई पुष्पेश आफूहरूको सम्पर्कमा आइसकेको जानकारी दिएका थिए।
शनिबार दिउँसो साढे ३ बजेतिर कोटेश्वरस्थित नरेफाँटदेखि बोजेपोखरी जाने बाटोमा याङ्गो चालक जिलाप तामाङको मोटरसाइकलमा सवार पुष्पेशलाई चारवटा स्कुर र एउटा जीपमा आएका केही मान्छेहरू आफूहरू ‘प्रहरी हौं’ भन्दै गाडीमा लगेको थियो।
मालिगाउँ प्रहरी वृतका डीएसपी धनबहादुर बोहोराका अनुसार पुष्पेशमाथि अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेका हुन् । तर, के अनुसन्धान गर्न पक्राउ गरेको सोध्दा उनले खुलाएनन्। ‘पुष्पेशको परिवारलाई हामीले हिजै जानकारी गराएका थियौँ । अहिले त यहीँ भेट्न पनि आउनु भएको छ,’ बोहोराले अनलाइनखबरसँग भने।
पुष्पेशका बुबा अजब भाट पनि आफू अहिले मालिगाउँ प्रहरी वृतमा भएको जानकारी दिए। उनकाअनुसार पुष्पेश अस्तीदेखि नै सम्पर्कविहीन भएपनि हिजो जानकारी आएको र आज भेट्न पाएका हुन्।
पुष्पेशलाई प्रहरीकै विशेष ब्युरोले टिकाथलीबाट पक्राउ गरेर लगेको खुलेको छ । तर के कसुरमा र किन परिवारलाई जानकारी नदिएको विषय भने प्रहरीले खुलाएको छैन।
प्रतिक्रिया 4