+
+
Shares

रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव बेचबिखन र जबरजस्ती करणीको कसुरमा रेड नोटिस जारी भएका मो. ताहिर राईनलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
  • इन्टरपोल शाखाको समन्वयमा पक्राउ परेका राईनलाई कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
  • विमानस्थलमा नियन्त्रणमा लिइएका राईनलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ ।

२५ साउन, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसुरमा रेड नोटिस जारी भएका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् ।

धनुषाको धनौजी गाउँपालिका–५ बस्ने मो. ताहिर राईनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

इन्टरपोल शाखा र एनसीबी दोहा, कतारबीचको समन्वयमा राईनलाई कतारमा पक्राउ गरिएको हो । पक्राउ परेका राईनलाई कतारबाट कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो ।

विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौं) बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?