+
+
Shares

देशभर ९७० प्रहरी इकाइको माग, आवश्यक जनशक्ति १७ हजार

प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म देशका विभिन्न ९७० ठाउँमा प्रहरी इकाई चाहियो भन्दै निवेदन आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशका विभिन्न ९७० स्थानमा नयाँ प्रहरी इकाई स्थापना गर्न प्रहरी प्रधान कार्यालयमा माग परेको छ।
  • नयाँ प्रहरी इकाई सञ्चालन गर्न १७ हजार १०० जना जनशक्तिको आवश्यकता पर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
  • ४६१ प्रहरी कार्यालयको स्तरवृद्धिका लागि ११ हजार २८६ थप जनशक्ति आवश्यक पर्ने विवरण सार्वजनिक भएको छ।

२५ साउन, काठमाडौं । देशका विभिन्न ठाउँहरुमा प्रहरी चौकी चाहियो भन्दै दिनहुँजसो माग हुने गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म देशका विभिन्न ९७० ठाउँमा प्रहरी इकाई चाहियो भन्दै निवेदन आएको छ । नयाँ माग भएका इकाइहरुका लागि १७ हजार १ सय प्रहरी चाहिने बताइएको छ ।

त्यसैगरी ४६१ प्रहरी कार्यालयको स्तरवृद्धी गर्नुपर्ने भन्दै माग भएको छ । मागअनुसार ती कार्यालयको स्तरवृद्धि गर्न ११ हजार २८६ जनशक्ति चाहिन्छ ।

यसरी माग भएका कतिपय ठाउँहरुमा प्रहरीले अस्थायी रुपमा पोस्टहरु स्थापना गर्दै आएको छ । प्रहरी प्रधान कार्यालयाको तथ्यांकअनुसार अहिले देशभर ७५१ अस्थायी प्रहरी पोस्ट छन् । ती प्रहरी पोस्टमा ४ हजार २१२ जनशक्ति छन् ।

त्यसैगरी देशभरका ६०६ ठाउँमा अस्थायी ट्राफिक प्रहरी पोस्ट छन् । ती पोस्टमा १ हजार ६८५ जनशक्ति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?