News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कप्तानगञ्जबाट शुरू भएको सामुदायिक विद्वेष डिजिटल माध्यममार्फत् मधेसका विभिन्न भेगमा फैलिएको प्रविधिविज्ञ अमित झाले बताएका छन् ।
- अमित झाले सोसल मिडियाको अल्गोरिद्म प्रयोग गरी साम्प्रदायिक समूहहरूले नकारात्मकता फैलाइरहेको र प्रशासनको कमजोरीलाई साम्प्रदायिक रङ दिइएको उल्लेख गरे ।
- भाइरल हुने प्रवृत्ति रोक्नका लागि सरकारले नियमनसँगै समानान्तर प्रचार शैली अपनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
सुनसरीको कप्तानगञ्जमा सल्केको सामुदायिक विद्वेषको आगो मधेस प्रदेशतर्फ फैलियो । डिजिटल स्पेसबाट यो बढ्ता प्रसारित भयो । सन् २०१४ यता गुगलसँग मिलेर पेड पार्टनरसिप गरिरहेका प्रविधिविज्ञ अमित झाले साउन दोस्रो साताको यो घटनालाई डिजिटल कोणबाट विश्लेषण गर्ने प्रयास गरेका छन् ।
अमित झा इन्टरनेट मार्केट टुडे नामक आइटी संस्थाका सन्चालक हुन् । जनकपुर बसेर उनी सामाजिक फिड नामक पेज पनि सन्चालन गर्छन् । अनलाइनखबरका बसन्त बस्नेतले उनीसँग गरेको यो संवादमा पछिल्ला महिनाहरुमा मधेस लगायत भेगले भोगिरहेको विषाक्त सामुदायिक विद्वेषको भावना र यसले डिजिटल माध्यमबाट पाइरहेको नकारात्मक पहुँचबारे यो कुराकानी उल्लेख छ ।

यो भिडियोमा सोसल मिडिया प्लाटफर्मको अल्गोरिद्ममार्फत् विभिन्न साम्प्रदायिक समूहले फैलाइरहेको नकारात्मकताबारे अमित झाले बोलेका छन् ।
ओमप्रकाश यादवसहित चार जनाको ज्यान गएको पृष्ठभूमिमा विश्लेषक अमित झा भन्छन्– यी सबै मृतकहरु हिन्दु–मुस्लिमको झगडामा मरेका थिएनन्, प्रशासनको गोलीले मरेका थिए । तर यसलाई सरकारी प्रशासनको लापरबाहीका रुपमा व्याख्या नगरी साम्प्रदायिक कोणबाट डिजिटल स्पेसमा प्रचार भयो । कन्टेन्ट भाइरल हुनेबित्तिकै दुवैतर्फका समुदायले आफूलाई केन्द्रमा राखेर नकारात्मक दृष्टिकोण राख्न थाले ।
अमित झाको विचारमा – भाइरल हुने प्रवृत्तिलाई काउन्टर गर्न सरकारले समानान्तर प्रचार शैली पनि अपनाउनुपर्छ । नियमन गर्नुमात्रै पर्याप्त छैन । किनभने सोसल मिडिया आज कसैको पनि नियन्त्रणमा छैन ।
विस्तृत वार्ता, यो भिडियोमा ।
तस्वीर र भिडियो : कमल प्रसाईं/अनलाइनखबर
प्रतिक्रिया 4