+
+

इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांस पारित

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ५ गते १७:३३

५ कात्तिक काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांस पारित भएको छ । बैंकको मंगलबार सम्पन्न साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस दिने सञ्चालक समितिले प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी चार अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। यस्तै बैंकको पुँजीको आधार पनि सात अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

बैंकले आर्थकि वर्ष २०७०र०७१ मा तीन अर्ब १६ करोड सञ्चालन मुनाफा गरेकझ छ। अघिल्लो आवमा बैंकले तीन अर्ब १० करोड सञ्चालन नाफा कमाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?