+
+
Shares

प्रतिनिधिसभामा कोरम नपुगेको विषय राष्ट्रिय सभामा उठ्यो

सत्तारुढ रास्वपाका १८२ सांसद हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव गणपूरक संख्याको अभावमा निर्णयार्थ पेस हुन नसकी बैठक स्थगित हुन पुगेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १४:२२

२७ साउन, काठमाडौं । प्रतिनिधिसभामा कोरम (गणपूरक संख्या) नपुगेको विषय राष्ट्रिय सभामा उठेको छ । यसलाई संसद्प्रति सांसदहरूको प्रतिबद्धतासँग जोडेर नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले विषय उठाएकी हुन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले भनिन्, ‘प्रतिनिधिसभामा एकल बहुमतको सरकार चलिरहेको छ । तर आफ्नै बहुमत हुँदा पनि गणपूरक संख्या नपुगेर बैठक स्थगित भएको खबर हामीले सुन्नुपर्‍यो ।’

यसले संसदप्रति दलहरूको जिम्मेवारी देखाएको उनले बताइन् । सांसदहरू नै जिम्मेवारीप्रति अपरिपक्व रहेको देखिएको टिप्पणी गरिन् ।

मंगलबार प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्याल (डीपी)ले खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा गणपूरक संख्या पुगेको थिएन ।

नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्या यकिन गर्न माग गरेपछि सभामुखले ३ मिनेटसम्म घण्टी बजाएर सभाकक्ष बाहिर रहेका सांसदहरूलाई भित्र आउन जनाउ दिएका थिए ।

त्यसपछि गणना गर्दा सभाकक्षमा जम्माा ६१ जना सांसद थिए । विपक्षी बेन्चतर्फ पाँच जना सांसद थिए भने सत्तापक्षको बेन्चर्फ ५६ जना थिए ।

संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभाको बैठकमा एक चौथाइ अर्थात् ६९ जना सांसद अनिवार्य उपस्थित हुनुपर्छ । तर, सत्तारुढ रास्वपाका १८२ सांसद हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव गणपूरक संख्याको अभावमा निर्णयार्थ पेस हुन नसकी बैठक स्थगित हुन पुगेको हो ।

प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेको विषय राष्ट्रिय सभामा पनि उठेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?