+
+
Shares

अनलाइनखबर ४० वर्षमुनिका ४० युवाको सूची सार्वजनिक

देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिबाट ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो । यो तेस्रो संस्करण हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अनलाइनखबरले २०८३ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ।
  • ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सूचीमा परेका ४० युवालाई अवार्ड प्रदान गरे।
  • छनोट समितिले साढे १५ सय आवेदनबाट उत्कृष्ट ४० युवाको नाम अन्तिम रूप दिएको अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले बताए।

२७ साउन, काठमाडौं । अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज २०८३ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ ।

ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई ४० युवालाई अवार्ड प्रदान गरे ।

देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिबाट ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो । यो तेस्रो संस्करण हो ।

४० मुनिका ४० को सूची आ–आफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्त्वपूर्ण योगदानलाई पहिचान दिने प्रयास भएको अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले बताए ।

‘अनलाइनखबरका लागि यो कार्यक्रम केवल एउटा बार्षिक सूची हैन । मिडियाको जिम्मेवारी केवल समाचार लेख्ने र सूचना दिनेमा मात्र सिमित हुँदैन । समाजमा भइरहेका सकारात्मक परिवर्तनलाई पहिचान गर्नु, नयाँ नेतृत्वलाई सार्वजनिक बहसमा ल्याउनु र उनीहरुको यात्रालाई दस्तावेज गर्नु पनि हाम्रो जिम्मेवारी हो । हामीले सम्मान गरेका यी ४० जना युवाहरुले आजको नेपालमात्र हैन, भोलिको सम्भावनाको पनि प्रतिनिधित्व गर्नुहुन्छु,’ अवार्ड वितरण समारोहमा अध्यक्ष भुसालले भने ।

४० जनाको सूची तयार पार्न अनलाइनखबरको टिमले झन्डै चार महिनासम्म काम गरेको थियो । अनलाइन आवेदन र सिफारिश मार्फत प्राप्त करिब साढे १५ सय नामबाट ४० जना छान्न उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समिति समक्ष पेश गरिएको थियो । उनीहरूको छनोट तथा सिफारिसमा आधारित भएर ४० प्रभावशाली युवाहरूको सूची तय गरिएको हो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, अनुसन्धाता डा. उत्तमबाबु श्रेष्ठ, अनुसन्धाता डा. अमृता शर्मा र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत रहेको छनोट समितिले ४० जनाको सूचीलाई अन्तिम रूप दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?