News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।
- अठार साउनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बेहोस भएपछि उनलाई उपचारका लागि मध्यपुर ठिमी र पछि वीर अस्पताल भर्ना गरिएको थियो ।
- थपलियालाई हटाएर पार्टीले किरण थापामगरलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढाएको छ ।
२७ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा छलफलकै क्रममा उनी बेहोस भएका थिए । १८ साउन राति बेहोस भएर ढलेपछि मध्यपुर ठिमी अस्पतालमा भर्ना भएका थिए ।
त्यहाँबाट वीर अस्पताल सरेका थपलियाको एक साता बढी बीर अस्पतालमा उपचार भयो । ‘रिर्पोटहरु नर्मल आएपछि हिजो मात्र डिस्चार्ज हुनुभयो,’ थपलियाका छोरा सुरजले भने, ‘आज चितवन फर्कदैछौं ।’
थपलियालाई हटाएर ओलीले किरण थापामगरलाई मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4