News Summary
Generated by OK AI. Editorially reviewed.- धवल शमशेर राणा र दुर्गा प्रसाईं नेतृत्वको जय नेपाल पार्टी दर्ताका लागि साउन २९ गते निर्वाचन आयोगमा निवेदन पेस गरिने भएको छ।
- मंगलबार बसेको कार्यदलको बैठकले शुक्रबार सवा १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ता गर्ने कार्यक्रम तय गरेको छ।
- राणाले दल दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्।
२७ साउन, काठमाडौँ । धवल शमशेर राणा र दुर्गा प्रसाईं नेतृत्वको ‘जय नेपाल पार्टी’ दर्ताका लागि साउन २९ गते शुक्रबार निर्वाचन आयोगमा निवेदन पेस गरिने भएको छ।
राणाद्वारा जारी आह्वान-पत्र अनुसार निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
मंगलबार बसेको कार्यदलको निर्णय अनुसार शुक्रबार दल दर्ता गर्ने कार्यक्रम तय गरिएको हो। उनले सवा १२ बजे निर्वाचन आयोग पुग्ने कार्यक्रम तय भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4