News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा सांसद विष्णुकुमारी सापकोटाले मानसिक स्वास्थ्य समस्या समाधान गर्न योग र ध्यानलाई राष्ट्रिय जीवनशैलीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
- सांसद सापकोटाले लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ लगायतका क्षेत्रलाई जोडेर अन्तर्राष्ट्रिय स्तरको योग, ध्यान तथा विश्व शान्ति सर्किट निर्माण गर्नुपर्ने प्रस्ताव गरिन् ।
- उनले कर्मचारीको अवकाश नीति र ५५ वर्षमै सेवा निवृत्त गर्ने व्यवस्थाले अनुभवी जनशक्ति खेर गइरहेको भन्दै यस्तो नीति पुनरावलोकन गर्न सरकारसँग माग गरिन् ।
२९ साउन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले मुलुकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या, सामाजिक विचलन र कृषि क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न योग र ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्ने बताएकी छिन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकार प्राप्तिका लागि विगत ८० वर्षदेखि नेताहरूले गरेको योगदानको स्मरण गरिन् ।
जननेता बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको लोकतान्त्रिक आन्दोलनमा रहेको भूमिकाको चर्चा गर्दै प्राप्त अधिकारको जगमा उभिएर वर्तमान समस्याहरूको समाधान खोज्नुपर्ने बताए ।
सांसद सापकोटाले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग बढेको र यसले सामाजिक तथा पारिवारिक सम्बन्धमा दरार ल्याएको उल्लेख पनि गरे । पश्चिमी संस्कृतिको अन्ध अनुकरणले नेपाली मौलिकता र संस्कार हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
‘आज समाजमा शान्ति छैन, अभाव र समस्याको चाङ छ । आत्महत्या र डिप्रेसनका घटनाहरू दिन प्रतिदिन बढ्दै जानु चिन्ताको विषय हो । नेपाल केवल हिमाल, पहाड र तराईको देश मात्र होइन,’ उनले थप भनिन्, ‘यो ऋषिमुनि र योगीहरूको तपोभूमि पनि हो । लुम्बिनी, रेसुङ्गा, पशुपतिनाथ, मुक्तिनाथ र हलेसी जस्ता क्षेत्रलाई जोडेर अन्तर्राष्ट्रिय स्तरको योग ध्यान तथा विश्व शान्ति सर्किट निर्माण गर्न आवश्यक छ ।’
यी समस्याहरूको समाधानका लागि योग, ध्यान र आध्यात्मिक चिन्तनलाई राज्यले नै प्राथमिकता दिनुपर्ने उनको प्रस्ताव थियो ।
यसैगरी, कर्मचारीको अवकाश नीति र वैदेशिक रोजगारीको विषयमा बोल्दै उनले ५५ वर्षमै कर्मचारीलाई अवकाश दिने नीतिले अनुभवी जनशक्ति खेर गइरहेको तर्क गरे ।
प्रतिक्रिया 4