+
+
Shares

उर्जामन्त्री श्रेष्ठले थपे तीन जना सल्लाहकार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले तीन जना नयाँ सल्लाहकार नियुक्त गर्दै आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्।
  • मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी, रमेश पौडेललाई नीति र गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकारमा नियुक्त गरेका छन्।
  • मन्त्रालयका अनुसार सबै सल्लाहकारले अवैतनिक रूपमा नीति निर्माण, योजना तर्जुमा र लगानी प्रवर्द्धनका क्षेत्रमा मन्त्रीलाई परामर्श दिनेछन्।

२८, साउन काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । उनले तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै मन्त्रीको सल्लाहकार समूहले पूर्णता पाएको हो ।

मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका छन् । यसअघि नै उनले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकार नियुक्त गरिसकेका थिए ।

नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन् ।

मन्त्रालयका अनुसार सल्लाहकारहरूले सम्बन्धित क्षेत्रको नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायत विषयमा मन्त्रीलाई आवश्यक सुझाव र परामर्श दिनेछन् ।

मन्त्रालयले सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?