+
+
Shares

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका सिरहाका ८० वर्षीय ठकाई यादवलाई प्रहरीले पक्राउ गरेको छ।
  • यादव लक्ष्मीपुर पतारी गाउँपालिका–५ स्थित एक शिव मन्दिरमा साधुको भेषमा लुकिछिपी बस्दै आएका थिए।
  • २०४१ सालको हत्याकाण्डमा संलग्न उनलाई २०४६ सालको अदालतको फैसलाले एक वर्ष कैद सजाय सुनाएको थियो।

२९ साउन, सिरहा । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ निवासी करिब ८० वर्षीय ठकाई यादव रहेका छन्।

प्रहरीका अनुसार यादव पछिल्लो समय आफ्नै गाउँमा साधुबाबाको भेषमा लुकिछिपी बस्दै आएका थिए ।

लक्ष्मीपुर पतारी गाउँपालिका–५ स्थित स्थानीय शिव मन्दिरमा उनी बस्दै आएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा प्रहरीले यादवलाई २८ साउनमा सोही शिव मन्दिरबाट पक्राउ गरेको हो।

पक्राउपछि यादवलाई फैसला कार्यान्वयन तथा आवश्यक कानुनी कारबाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरी अभिलेखअनुसार १ वैशाख २०४१ सालमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ निवासी ठकाई यादवसहितका व्यक्तिहरूले योजना बनाई भारतबाट पहलवान (कुस्ती खेलाडी) समेत बोलाएर वैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयलाई लिएर विवाद गरेका थिए । विवाद बढ्दै गएपछि साविक खरुक्याही गाविस–४ का रजीन्द्र यादवलाई घेरा हाली कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका रजिन्द्र यादवको मृत्यु भएको र उक्त घटनामा ठकाई यादवसमेत संलग्न रहेको प्रहरी अभिलेखमा उल्लेख छ।

उक्त घटनामा दोषी ठहर भएका यादवलाई १५ पुस २०४६ मा उच्च अदालतको फैसलाले १ वर्ष कैद सजाय तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?