२९ साउन, काठमाडौं । वैशाखयता विपद्का घटनामा परेर २१५ जनाको मृत्यु भएको छ ।
वैशाख १ गतेदेखि २८ गतेसम्मको तथ्यांक अनुसार यो अवधिमा ४६०८ घटना भएका छन् । जसमा २१५ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार घटनामा १४२२ जना बेपत्ता भएका छन् भने ५६३८ परिवार प्रभावित भएका छन् ।
यो अवधिमा सबैभन्दा धेरै घटना आगलागीका भएका छन् । १०९० आगलागीका घटना हुँदा २० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् ।
सर्पदंशका ८९२ घटनामा ६३ जनाको मृत्यु भएको छ भने ८३७ जना घाइते भएका छन् । यस्तै, ८६२ पहिरो गएका छन् । जसमा २४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता र ३५ जना घाइते भएका छन् ।
यो अवधिमा २३७ बाढीसम्बन्धी घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता र १३ जना घाइते भएका छन् । भारी वर्षका कारण पनि ४ जनाको मृत्यु भएको तथ्यांक छ ।
हावाहुरीका ४८० घटनामा १३ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् । चट्याङसम्बन्धी २३६ घटना हुँदा २५ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।
जनावर आक्रमणका घटना २५७ वटा भएकोमा १८ जनाको मृत्यु भएको छ भने १३६ जना घाइते भएका छन् ।

प्रतिक्रिया 4