News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले जेनजी आन्दोलनमा संलग्न भई पक्राउ परेकाहरूको मुद्दा फिर्ता लिने विषयमा अध्ययन गरिरहेको छ ।
- कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले यस्तो जानकारी दिए ।
- गृहसचिव श्रेष्ठका अनुसार मुद्दाको अवस्थाबारे समितिले प्रतिवेदन तयार पारेपछि सोही सिफारिसका आधारमा सरकारले निर्णय गर्नेछ ।
२९ साउन, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा संलग्न भएका र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गरिरहेको छ । गृह मन्त्रालयका सचीव राजकुमार श्रेष्ठका अनुसार यो विषयमा छुट्टै समिति बनेर अध्ययन भइरहेको हो ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह सचीव श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।
बैठकमा समिति सभापति समीक्षा बास्कोटाले जेनजी आन्दोलनका क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा के भइरहेको छ भनेर सोधेकी थिइन् ।
जवाफमा गृहसचीव श्रेष्ठले अध्ययन भइरहेको बताएका हुन् ।
जेनजी आन्दोलनको क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा समिति गठन भएर काम भइरहेको जानकारी उनले दिएका हुन् ।
गृह सचीव श्रेष्ठले भनेका छन्, ‘कति मुद्दा छन्, कस्तो अवस्थाम छन् र कसरी मुद्दा फिर्ता हुन सक्छ भनेर प्रतिवेदन तयार भएर सिफारिस भएपछि उक्त सिफारिसका आधारमा निर्णय हुन्छ ।’
प्रतिक्रिया 4