फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको गजुरीस्थित चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग आज बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
- धादिङ प्रहरीका अनुसार सोमबार बिहान पौने ६ बजे खसेको पहिरोका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ ।
- निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले सडक सुचारु गर्न पहिरो पन्छाउने कार्य भइरहेको छ ।
१ भदौ, काठमाडौं । नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।
सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4