News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको पश्चिम क्षेत्रमा परम्परागत रोटेपिङ खेल्ने पुरानो प्रचलन गाउँमा युवाहरूको अभाव र आधुनिकताका कारण लोपोन्मुख अवस्थामा पुगेको छ।
- परिवर्तन गाउँपालिका-६ को ओह गाउँका युवाहरूले पुर्ख्यौली संस्कृति जोगाउन भदौ १ र १२ गते रोटेपिङ खेल्ने व्यवस्था मिलाएका छन्।
- स्थानीय युवा सुरेन्द्र बुढामगरले पुर्खाको सिर्जना जोगाउन पिङ बनाएको बताउँदै ज्येष्ठ नागरिक डम्बरबहादुर बुढामगरले संस्कृतिप्रतिको बेवास्ताप्रति चिन्ता व्यक्त गर्नुभयो।
१ भदौ,रोल्पा । आज भदौ एक गते भदौ संक्रान्ती । रोल्पाको पश्चिम क्षेत्रका विभिन्न ठाउँमा परम्परागत पिङ खेलेर रमाइलो गर्ने प्रचलन छ।
तर, पछिल्लो समय धेरै ठाउँमा परम्परागत पिङ लोपोन्मुख अवस्था पुगेको छ। काठबाट निर्मित पिङको नाम चर्खे पिङ (रोटेपिङ) भन्ने गरिन्छ । ठाउँअनुसार नाम फरक-फरक हुन्छ ।
पछिल्लो समय यो पिङ लोपोन्मुख जस्तै छ । यसको कारण गाउँमा युवा नहुनु हो । केही ठाउँमा भने यसको संरक्षण गरिरहेका छन् ।
परिवर्तन गाउँपालिका-६ को ओह गाउँमा भने अहिलेसम्म परम्परागत पिङलाई निरन्तरता दिइँदै आएको छ । यहाँका युवायुवतीहरू मिलेर रमाइलोको लागि भदौ १ र भदौ १२ गते पिङ खेल्नको लागि व्यवस्था गरिएको स्थानीय युवा सुरेन्द्र बुढामगरले बताए ।
‘हामीले पुर्खाले सिर्जना गरेको परम्परागत पिङ नमासियोस र पिङ खेल्नका लागि बाहिर जान नपरोस् भन्नका लागि पिङ बनाएका हौं’, बुढामगरले भने ।
केही वर्ष पहिले प्रत्येक गाउँमा आजको दिन पिङ हाल्ने र खेल्ने गरेको सम्झिंदै ज्येष्ठ नागरिक डम्बरबहादुर बुढामगरले अहिले कताकता मात्रै पाइने गरेको देख्दा निराश भएको बताए । ‘परम्परागत पिङलाई पछिल्लो युवा पुस्ताले बेवास्ता गर्दै गएको र युवाहरु गाउँमा नभएको कारण लोक हुन पुगेको हो’, उनले भने ।
रोल्पामा आजको दिन सबै जसो गाउँमा परम्परागत पिङ बनाएर खेल्ने प्रचलन थियो । अहले भने अधिकांश ठाउँमा पिङ लगाउने प्रचलन घटेको छ । यो चलन केही गाउँमा सीमित भएको छ ।
पछिल्लो समय मेला महोत्सवमा समेत आधुनिक पिङ अर्थात विद्युतबाट चल्ने पिङ भित्र्याउने गरिएकोले पनि परम्परागत रोटे पिङको महत्व हराउँदै गरएको छ ।



प्रतिक्रिया 4