+
+
Shares

हुम्लामा ७ दिनमा करिब एक करोड बराबरको चिनियाँ मदिरा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १३:२५

१ भदौ, हुम्ला । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको नेतृत्वमा अनुगमन गएको टोलीले ३९ लाख ६६ हजार रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा र  बडवाइजर क्यान बियर नष्ट गरेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका-२ छुङसा चौरमा लुकाइ राखेको अवस्थामा ६०६ कार्टुन अवैध चिनियाँ मदिरा ५४ कार्टुन बडभाइजर क्यान बियर र एक कार्टुन हुस्की नष्ट गरिएको हो ।

सात हजार २७२ बोतल अवैध चिनियाँ मदिरा र एक हजार २९६ बोतल बडवाइजर क्यान बियर र १२ बोतल हुस्की नष्ट गरेको  प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान,कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रतिनिधि, उद्योग वाणिज्य संघ र सञ्चारकर्मी र नाम्खा गाउँपालिका-४ का वडाध्य लातार लामाको रोहबरमा नाम्खा गाउँपालिका छुङसा चौर पुगेर लुकाइ राखेको अवैध अखाद्य वस्तु चिनियाँ मदिरा नष्ट गरेको प्रजिअ गुरागाइले बताए ।

गत साउन २८ गते नाम्खा गाउँपालिका २ को नावलथाङबाट सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वको टोलीले ५९४ कार्टुन अवैध चिनियाँ मदिरा  १९४ बडवाइजर बरामद गरेको प्रजिअ गुरागाइले बताए ।

हुम्लामा एक साताभित्रै प्रहरीले ९१ लाख ५९ हजार बराबरको अवैध चिनियाँ मदिरा बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?