+
+
Shares

पत्रकार किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अनुमति

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १३:०७

१ भदौ, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले अरु थप चार दिन थुनामा राख्न अनुमति दिएको हो।

सर्वोच्च अदालतको आदेश अनुसार, उनलाई बिहान १० बजे जफत भएका सामग्रीसहित सर्वोच्च लैजानुपर्नेमा प्रहरीले जिल्ला अदालत लगेको हो।

जिल्लाबाट म्याद लिएपछि मात्रै प्रहरीले बन्दीप्रत्यक्षीकरणको मुद्दामा उपस्थित गराउन सर्वोच्च लगेको छ। सर्वोच्च अदालतले उनको थुनाको औचित्यबारे सुनुवाइ गरी आदेश दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?