+
+
Shares

संघीय संसद्‍का दुवै सदनको बैठक सुरु

सोमबार राष्ट्रिय सभामा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १३:२२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सुरु भएका छन्।
  • प्रतिनिधिसभाको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
  • राष्ट्रिय सभाको बैठकमा मन्त्री गिता चौधरीले सङ्क्रामक पशु रोग विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्दैछिन्।

१ भदौ, काठमाडौं । संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सुरु भएका छन् । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजेका लागि र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक सुरु भएको हो ।

सोमबार राष्ट्रिय सभामा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम छ ।

साथै,  कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभामा भने सभामुखले डोल प्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने विषय छ ।

यो कार्यसूची गत साउन २६ गतेको बैठकमै थियो । तर सभामुखले ‘खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेसका निश्कल राईले सदनमा गणपूरक सङ्ख्या नपुग भएको भनेर प्रश्न उठाएका थिए ।

संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

यसअनुसार सभामुखले गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देश गरे । ३ मिनेटको जनाउ घण्टी बजाएर उपस्थित सदस्यहरूको संख्या गणना गरियो ।

संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा गणपूरक संख्या ६९ हुनुपर्नेमा त्यसदन सभामा जम्मा ६१ जना मात्रै थिए ।

त्यसपछि प्रस्तुत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको निर्णय हुन सकेन ।

यसरी रोकिएको विधेयक सोमबार अगाडि बढाउने गरी कार्यसूचीको पहिलो नम्बरमै राखिएको हो ।

यसबाहेक सोमबार प्रतिनिधिसभामा महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्ने कार्यसूची छ ।

परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ ।

सोमबार नै महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?