+
+
Shares

सभामुख अर्याललाई एमालेले दियो धन्यवाद

७८ दिनदेखि जारी अवरोध हटाएपछि सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेको संसदीय दलकी उपनेता पद्मा अर्यालले सभामुखलाई धन्यवाद दिएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रधानमन्त्रीलाई संसद्मा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेको भन्दै सभामुख डोल प्रसाद अर्याललाई धन्यवाद दिएको छ ।
  • एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदको अवरोध हटाउँदै प्रधानमन्त्रीको जवाफ सुनिश्चित भएकोमा सभामुखको प्रशंसा गरिन् ।
  • सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् ।

१ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्‌मा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेको विषयलाई लिएर नेकपा एमालेले सभामुख डोल प्रसाद अर्याललाई धन्यवाद दिएको छ ।

७८ दिनदेखि जारी अवरोध हटाएपछि सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेको संसदीय दलकी उपनेता पद्मा अर्यालले सभामुखलाई धन्यवाद दिएकी हुन् ।

‘सर्वप्रथम सभामुख महोदयलाई धन्यवाद छ’ उनले भनिन्, ‘लामो समयदेखि यो संसदमा एउटै विषयमा प्रतिपक्षहरूले जवाफ खोजिरहनुभएको थियो । त्यो जवाफको सुनिश्चिततासहित आज जुन रुलिङ भएको छ । म फेरि पनि धन्यवाद भन्न चाहन्छु ।’

१७ जेठ २०८३ मा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा सीमा सम्बन्धी प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।

यसको तथ्य र स्पष्टीकरण मागेर विपक्षीले सोही दिनदेखि संसद्मा विरोध गर्दै आएका थिए । यसक्रममा संसद्मा प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन हुन नसकेको विषय उठाउँदै आएका थिए ।

सोमबार सभामुख अर्यालले यो विषयमा प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन् ।

सभामुखले भनेका छन्, ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाइ रुलिङ गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?