+
+
Shares

सार्वजनिक यातायातमै चोरी, २ जना पक्राउ

पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्वजनिक यातायातमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा सोलुखुम्बुका ३१ वर्षीय अजय बस्नेत र झापाका ४३ वर्षीय भविन्द्र विक रहेका छन् ।
  • उनीहरूले २७ साउनमा बसमा यात्रा गर्दा एक व्यक्तिको सुनको सिक्री चोरी गरेको प्रहरीले जनाएको छ ।

२ भदौ, काठमाडौं । सार्वजनिक यातायातमै चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोलुखुम्बु काङ्गेलका ३१ वर्षीय अजय बस्नेत र झापाको दमक नगरपालिका–६ का ४३ वर्षीय भविन्द्र विक छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले २७ साउनमा पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायात चढी एक व्यक्तिले गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?