प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले ३१ वर्षीय अनिल खड्गीलाई पक्राउ गरेको छ।
- प्रहरी वृत्त सातदोबाटोको टोलीले लैनचौर घर भएका खड्गीको साथबाट चोरी भएका सुन, चाँदी र तामाका विभिन्न सामग्री बरामद गरेको छ।
- पक्राउ परेका खड्गीविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
२ भदौ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँस्थित एक घरमा चोरी भएको छ । चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लैनचौर घर भएका ३१ वर्षीय अनिल खड्गी छन् । उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो । सानागाउँस्थित प्रकाश ताम्राकारको घरमा ३० साउनको साँझ चोरी भएको थियो ।
उक्त घरबाट चोरी भएका सुनका सिक्री, ब्रास्लेटल, कल्ली, चाँदीको टिका दानी, तामाको फिल्टर, जग, दियो कलश, पञ्चमाला, अष्टमंगल, पन्यु, धातुका मूर्ति घडी लगायत बरामद भएको छ ।
पक्राउ परेका खड्गीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4