+
+
Shares

संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलब भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलब र भत्ता भुक्तानी गर्ने निर्णय गरेको छ।
  • महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै अर्धमासिक तलब भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
  • अर्थ मन्त्रालयले गत वैशाखमा गरेको निर्णय प्रणाली विकास नहुँदा केही महिना ढिलो गरी कार्यान्वयनमा आएको हो।

२ भदौ, काठमाडौं । सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलब भुक्तानी गर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र लेख्दै सो प्रावधानबारे जानकारी गराएको हो ।

अर्थ मन्त्रालयले गत वैशाखमा संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रुपमा तलब भुक्तानी दिने निर्णय गरेको थियो । तर, प्रणाली विकास नभएका कारण सो घोषणा कार्यान्वयनमा आइसकेको थिएन ।

कार्यालयले सोमबार एक निर्णय गर्दै हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धवार्षिक रुपमा तलब भुक्तानी गराउने बताएको हो । अब अर्धमासिक रुपमा तलब, भत्ता समेत भुक्तानी हुनेछ ।

कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको कार्य क्षेत्रभित्रका संघीय निकायबाट माथि उल्लेख अनुसारको भुक्तानीका लागि निकासा माग भए त्यसको व्यवस्था मिलाउन समेत भनेको छ ।

सरकारले निर्णयको सुरुवातमा अर्थ मन्त्रालयबाट यो कार्यक्रम थालेको हो । चालु आवबाट नै सबै संघीय निकायमा अर्धमासिक तलब भुक्तानी विस्तार गर्ने भनिएकोमा कार्यान्वयन १ महिना ढिला हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?