+
+
Shares

मन्त्री र पार्टीका सांसदसँगको छलफलमा रवि लामिछाने

प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्री र पार्टीका सांसदहरूबीच असमझदारी देखिन थालेपछि सभापति लामिछानेले आज उनीहरूसँग छलफल गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले मन्त्री र पार्टीका सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
  • प्रतिनिधिसभामा सरकारका मन्त्री र रास्वपा सांसदबीच असमझदारी बढेपछि पार्टी संसदीय दलको कार्यालयमा समीक्षा बैठक जारी छ ।
  • मंगलबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा असन्तुष्ट सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेपछि सभामुख डीपी अर्यालले संसदीय मर्यादाको सचेत गराएका थिए ।

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री र पार्टीका सांसदहरूसँग छलफल सुरु गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्री र पार्टीका सांसदहरूबीच असमझदारी देखिन थालेपछि सभापति लामिछानेले आज उनीहरूसँग छलफल गरेका हुन् ।

पार्टी संसदीय दलको कार्यालयमा जारी बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक सांसदले जानकारी दिए ।

सांसदहरूले संसद्मा बोल्ने भाषा, सार्वजनिक गतिविधि समेत मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रवृति बढेकोले रास्वपाभित्र असमझदारी बढेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन् । तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराए । सभामुख अर्यालले बोल्न समय नदिएपछि सांसद तामाङ संसद् बैठक छाडेर बाहिरिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?