+
+
Shares

संसद्‍मा सांसदको गतिविधिमाथि प्रश्न उठेपछि रविले बोलाए मन्त्रीसहित बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते ७:५७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार र पार्टीका सांसदबीच बढेको असमझदारीबारे आज मन्त्रीहरूसहित अन्तर्क्रिया गर्ने भएको छ ।
  • बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा सभापति रवि लामिछानेले सांसदहरूलाई निर्देशन दिनेछन् ।
  • मंगलबार प्रतिनिधिसभामा परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्ट सांसद आशिका तामाङलाई सभामुख डीपी अर्यालले संसदीय मर्यादाबारे सचेत गराएपछि उनी बैठकबाट बाहिरिएकी थिइन् ।

३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरूबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीहरूसहित राखेर अन्तर्क्रिया गर्ने भएको छ ।

बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई निर्देशन दिनेछन् ।

बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक नेताले बताए ।

एक नेताका अनुसार संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदहरूलाई सचेत गराइने छ ।

सांसदहरूले संसद्मा बोल्ने भाषा, सार्वजनिक गतिविधि समेत मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रवृति बढेकोले रास्वपाभित्र असमझदारी बढेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन् । तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराए । सभामुख अर्यालले बोल्न समय नदिएपछि सांसद तामाङ संसद् बैठक छाडेर बाहिरिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?