+
+
Shares

रास्वपा बैठक : केन्द्रीय समिति, पदाधिकारी र सचिवालय सदस्य मनोनीत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भदौ ५ गते बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
  • बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने र राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण गर्ने कार्यसूची तय गरेको छ।
  • बैठकमा केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख र उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे पनि छलफल हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए।

२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।

यही भदौ ५ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार, बैठकका विभिन्न कार्यसूचीहरू तय भएका छन् ।

जस अनुसार स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने लगायतका कार्यसूची छन् ।

त्यस्तै, बैठकमा केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने पनि कार्यसूची तय भएको छ ।

त्यस्तै, केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?