News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन माध्यमबाट व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन निर्देशन दिएको छ ।
- विद्युतीय व्यापार ऐन २०८१ अनुसार कानुनी प्रक्रिया पूरा नगर्ने अनलाइन व्यवसायीलाई कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
- डिजिटल व्यापारलाई पारदर्शी र व्यवस्थित बनाउन सरकारले वेबसाइट, एप र सामाजिक सञ्जालमार्फत कारोबार गर्ने व्यवसायीलाई सूचीकृत हुन ताकेता गरेको हो ।
२ भदौ, काठमाडौं । सरकारले अनलाइन माध्यमबाट व्यापार-व्यवसाय गरिरहेका सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन ताकेता गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो ।
विद्युतीय व्यापार ऐन २०८१ र निर्देशिका २०८२ अनुसार कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ ।
उपभोक्ता ठगी तथा अनलाइन कारोबार सम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी र व्यवस्थित बनाउन कडाइ थालेको बताएको छ ।
विभागका अनुसार कम्प्युटर, मोबाइल वा अन्य यस्तै प्रकारका उपकरण माध्यम प्रयोग गरी वेबसाइट, एप्लिेकेसन, इन्टरनेट, इन्ट्रानेट र सामाजिक सञ्जालको मार्केटप्लेस लगायत माध्यमबाट कारोबार गर्ने सबैलाई सूचीकृत हुन विभागले सूचित गरेको छ ।
प्रतिक्रिया 4